युरोपा लिगः टोटेनह्याम टप (भिडियोसहित)

एजेन्सी । लण्डन क्लब टोटेनह्याम हटसपरले अधिकांश दोस्रो रोजाईको खेलाडी उतारेर पनि सहज जित निकाल्दै युरोपा लिगमा समूह जे को समूह विजेता बनेको छ ।

लण्डन स्थित घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले बेल्जियन क्लब एन्टवेर्पलाई २–० ले हरायो । टोटेनह्यामले खेलमा दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

घरेलु टोलीका लागि पहिलो गोल ५७औं मिनटमा कार्लोस भिनिसियसले गरे । त्यस्तै दोस्रो गोल भने ७१औं मिनटमा जिओभानी लो सेल्सोको नाममा रह्यो ।

समूह जी मा ६ खेलबाट १३ अंक जोडेको टोटेनह्याम शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्यो । पराजयका बावजुद १२ अंक जोडेको एन्टवेर्प पनि नकआउट चरणमा पुग्न सफल भयो ।

उता अष्ट्रियन क्लब लास्कले पनि बिहीबार राती अर्को खेलमा बुल्गेरियन क्लब लुडोगोरेटस राजग्रेडलाई ३–१ हरायो । तर पनि कुल १० अंक जोडेको लास्क तेस्रो स्थानमा रहन बाध्य भयो । उता राजग्रेड भने अंकविहीन रुपमा पुछारमा रह्यो । समूह जे बाट लास्कसँगै राजग्रेड पनि समूह चरणबाटै बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...