अन्ततः लेस्टर बन्यो समूह विजेता

एजेन्सी । युरोपा लिगतर्फ अर्को इङलिस क्लब लेस्टर सिटीले जित निकाल्दै समूह जी तर्फ शिर्ष स्थानमा रहेर समूह विजेता बनेको छ । लेस्टरलाई समूह विजेता बन्न बिहीबार राती निश्चित जित चाहिएको थियो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टरले ग्रीक क्लब एथेन्सलाई २–० ले हरायो र समूह विजेता बन्न सफल भयो । खेलको १२औं मिनटमै चेगिंज अन्डरले लेस्टरका लागि गोलको खाता खोलेका थिए । त्यसको दुई मिनट लगतै हार्भे बार्नेसले त्यो अग्रता दोब्बर पार्दा घरेलु टोलीले खेल आफ्नो पकडमा पार्न सफल भएको थियो ।

लेस्टरले नजिकको प्रतिद्वन्द्वी ब्रागालाई पछि पार्न सफल

समूह जी तर्फ लेस्टरलाई शिर्ष स्थानको होडमा पोर्चुगिज क्लब ब्रागाले चुनौति दिइरहेको थियो । त्यसैले पनि लेस्टरलाई समूह विजेता बन्न निश्चित जितको खाँचो थियो ।

बिहीबार राती समूह जी कै अर्को खेलमा ब्रागाले जोर्या लुहान्स्कलाई समान २–० ले हराएको थियो । समान १३–१३ अंक भए तापनि गोल भिन्नताका आधारमा लेस्टर समूह विजेता बन्यो भने ब्रागा उपविजेता ।

६ अंक जोडेको जोर्या लुहान्स्क तेस्रो स्थानमा रहँदा एथेन्स ३ अंकका साथ पुछारमा रह्यो । पुछारका दुई लुहान्स्क र एथेन्स भने समूह चरणबाटै बाहिरिए ।


प्रतिक्रिया दिनुहोस

Loading...