बराबरीसँगै चेल्सी समूह विजेता (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणतर्फ ई मा रहेको चेल्सीले आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । नकआउट चरणमा यस अघि नै स्थान बनाइसकेको चेल्सीले मंगलबार राती रसियन क्लब क्रसनोडरसँग १–१ को बराबरी खेल्यो ।

स्टामफोर्ड ब्रीज लण्डनमा भएको खेलमा क्रसनोडरले २४औं मिनटमा रेमि क्याबेलाको गोलबाट खेलमा अग्रता लिएको थियो । तर त्यसको चार मिनट लगतै चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । अधिकांश दोस्रो रोजाईका खेलाडी लिएर उत्रिएको चेल्सीका लागि जर्जिन्होले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भए ।

चेल्सी समूह विजेता

मंगलबारको नतिजापछि ६ खेलबाट १४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । मंगलबार राती नै समूह एच तर्फको अर्को खेलमा रेनेसलाई ३–१ ले हराएको सेभिया १३ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो । त्यस्तै ५ अंकका साथ क्रसनोडर तेस्रो स्थानमा रहेर युरोपा लिगका लागि छनौट भयो भने रेनेस एक अंकका साथ समूह चरणबाटै बाहिरियो ।


प्रतिक्रिया दिनुहोस

Loading...