म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगबाट नकआउट (भिडियोसहित)

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड प्रतिष्ठित च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राती समूह एच तर्फ म्यानचेष्टरलाई केवल बराबरी गरे पनि नकआउट चरणमा पुग्ने अवसर थियो तर खेलमा म्यानचेष्टरले आरबी लिपजिगसँग ३–२ को हार बेहोर्दै समूह चरणबाटै बाहिरियो ।

जर्मनीको लिपजिगमा भएको खेलमा दोस्रो मिनटमै घरेलु टोलीले गोलको अग्रता लिएको थियो । घरेलु टोलीका लागि जोसे एन्जेलिनोले पहिलो गोल गर्दा म्यानचेष्टर खेलमा पछि परेको थियो । लगतै १३औं मिनटमा अमदौ हैदराले लिपजिगको त्यो अग्रता दोब्बर पारे ।

घरेलु टोली पहिलो हाफमा मात्र रोकिएन । दोस्रो हाफतर्फ ६९औं मिनटमा जस्टिन क्लुभर्टले तेस्रो गोल गर्दै घरेलु टोली लगभग जित नजिक पुगिसकेको थियो । यद्यपि खेलमा म्यानचेष्टरले फर्किने प्रयास भने गरेको थियो तर सफल भएन ।

म्यानचेष्टरले खेलको अन्तिमतिर लगातार दुई फर्कायो । तर पनि रेड डेविल्सले हारबाट जोगिन सकेन । ८०औं मिनटमा ब्रुनो फर्नान्डेसले पाहुना टोलीका लागि पहिलो गोल गरे । त्यसको दुई मिनट लगतै लिपजिगका इब्राहिम कोनेटले आत्मघाती गोल गर्दै म्यानचेष्टरले नतिजा ३–२ मा पुर्यायो । तर टोलीको हार टार्न त्यो प्रर्याप्त बनेन ।

म्यानचेष्टरले अब युरोपा लिग खेल्ने

मंगलबार रातीको खेलपछि ६ खेलबाट ९ अंक जोडेको म्यानचेष्टर ९ अंकका साथ समूह एचको तेस्रो स्थानमा छ । म्यानचेष्टरले अब युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ । उता लिपजिग भने १२ अंकका साथ शिर्ष स्थानमा छ । र नकआउट चरणका लागि छनौट भईसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...