लिडर मिलानलाई पाँच अंकको स्पष्ट अग्रता

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन लयमा देखिएको एसी मिलानले लिगतालिकामा पाँच अंकको स्पष्ट अग्रता बनाएको छ । आइतबार राती साम्पडोरियालाई २–१ ले हराएपछि मिलानले शिर्ष स्थानमा दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी इन्टर मिलानसँगको दुरी पाँच अंकको भिन्नतामा पुराएको हो ।

मिलानका लागि मध्यान्तर हुनु केही मिनट अघि फ्रान्क किसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए । साम्पडोरियाका लागि खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि मिलानको पेनाल्टीको अवसर पाएको हो ।

त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सामु केस्टिलेजोले मिलानका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता साम्पडोरियाका लागि ८२औं मिनटमा अल्बिन इक्डलले एक गोल फर्काए तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

लिगतालिकामा मिलानको शिर्षता

आइतबारको यो जितपछि १० खेलबाट २६ अंक जोडेको मिलान शिर्ष स्थानमा छ । दोस्रो स्थानमा मिलान कै शहरी प्रतिद्वन्द्वी इन्टर २१ अंकका साथ रहेको छ । आइतबार नै क्रोटोनीलाई ४–० ले हराएको नापोली २० अंकका साथ दोस्रो स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन युभेन्टस २० अंकका साथ गोल भिन्नताका आधारमा चौथो स्थानमा छ ।

उता मिलानसँग पराजित हुन पुगेको साम्पडोरिया भने ११ अंकका साथ १२औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...