फ्यानहरुसँगै लिभरपुलको जितको खुशी (भिडियोसहित)

एजेन्सी । लामो समयपछि एनफिल्डले दर्शकहरुको साथ पाएको खेलमा प्रिमियर लिगतर्फ घरेलु टोली तथा च्याम्पियन लिभरपुलले सहज जित हात पारेको छ ।

आइतबार अबेर राती भएको खेलमा रेडसले वोल्भरह्याम्टपनलाई ४–० ले हरायो । लिभरपुलले खेलको २४औं मिनट मै मोहमद सलाहको गोलबाट खेलमा अग्रता लिएको थियो । जोर्डन हेन्डरसनको पासलाई विपक्षी खेलाडीले सही अनुमान लगाउन नसक्दा सलाहले सोही बललाई गोलपोष्टको दिशा दिएका थिए ।

त्यस्तै थप तीन गोलहरु भने दोस्रो हाफमा सम्भव भए । ५८औं मिनटमा जर्जिनियो विज्नेल्डमले रेडसको अग्रता दोब्बर पारे । दोस्रो हाफमा थप आक्रमक बनेको लिभरपुलका लागि ६७औं मिनटमा जोएल मेटिपले तेस्रो गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर पारे ।

अन्तिम गोल भने लिभरपुललाई आत्मघाती गोलका रुपमा उपहार हुन पुग्यो । ७८औं मिनटमा नेल्सन सेमिडोले आत्मघाती गोल गर्न पुग्दा एनफिल्डमा लिभरपुलको शानदार र सहज जित पक्का बनेको थियो ।

लिगतालिकामा यी दुई टोलीः

यो जितसँगै लिभरपुल ११ खेलबाट २४ अंकका साथ शिर्ष स्थान कै दावेदारीतामा छ । लिगलिडर टोटेनह्यामको पनि २४ अंक छ तर गोलभिन्नताका आधारमा लिभरपुल भन्दा अगाडी छ । त्यस्तै तेस्रो स्थानमा रहेको चेल्सीको २२ अंक र शिर्ष दुई टोली भन्दा २ अंकले पछि । उता पराजित वोल्भरह्याम्पटन भने १७ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...