उत्तरी लण्डन डर्बीमा आर्सनल निराश, टोटेनह्याम शिर्ष स्थानमा (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार भएको उत्तरी लण्डन डर्बीमा आर्सनलले निराशाजनक हार बेहोरेको छ । टोटेनह्याम हटसपरसँग उसकै घरेलु मैदानमा २–० ले पराजित हुन पुगेको आर्सनल यस सिजन लिगमा लयमा फर्कन प्रयासरत छ ।

टोटेनह्यामका लागि पहिलो गोल कोरियन स्टार ह्युङ मिन सनले गरे । सनले १३औं मिनटमा हेरी केनको पासमा गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो गोलका लागि सनले केनलाई पास मिलाइदिएका थिए । पहिलो हाफ कै इन्जुरी समयमा सनको पासमा केनले दोस्रो गोल गरे । जुन गोल खेलको अन्तिम गोल पनि बन्यो ।

यो जितसँगै ११ खेलबाट २४ अंक जोडेको टोटेनह्याम शिर्ष स्थानमा छ । र दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुल भन्दा गोल भिन्नताले अगाडी छ । लिभरपुलको पनि समान २४ अंक नै रहेको छ । उता पराजित आर्सनल भने १३ अंकका साथ १५औं स्थानमा खस्किएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...