लेस्टरको जितमा भार्डी निर्णायक (भिडियोसहित)

एजेन्सी । इङलिस स्ट्राइकर जेमी भार्डी निर्णायक बन्दा इङलिस प्रिमियर लिगतर्फ आइतबार लेस्टर सिटीले नवआगन्तुक टोली शेफिल्ड युनाइटेडलाई उसकै घरमा २–१ ले हराएको छ ।

खेलको २४औं मिनटमा आयोजी पेरेजको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर त्यसको दुई मिनट लगतै ओली म्याकबर्नीले शेफिल्डका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि दुवै पक्षबाट गोलको प्रयास भए तापनि सफल भइरहेको थिएन । खेल १–१ को बराबरीतर्फ नै लम्किरहेका बेला ९०औं मिनटमा भार्डीले निर्णायक गोल गरे ।

गोलसँगै खुशीयाली मनाउने क्रममा भार्डीले कर्नर फ्लेग भाँचेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड समेत देखाएका थिए ।

यो जितसँगै ११ खेलबाट २१ अंक जोडेको लेस्टर लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित शेफिल्ड भने १ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...