मिलानलाई इन्टरको दबाब कायमै (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलान विरुद्ध लिगतालिकामा आफ्नो दबाब कायम राखेको छ । शनिबार भएको खेलमा इन्टरले बोलोग्नालाई ३–१ ले हराएपछि लिगतालिकामा आफ्नो दबाब यथावत राखेको हो ।

खेलको १६औं मिनटमै रोमेलु लुकाकुको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । यस सिजन देश र क्लबका लागि गरेर लुकाकुको यो १८ खेलमा १७औं गोल समेत थियो ।

त्यस्तै थप दुई गोल भने अचरफ हकिमीले ४५ र ७०औं मिनटमा गरे । उता पराजित बोलोग्नका लागि एक मात्र गोल ६७औं मिनटमा इमानुएल विग्नाटोले गरे तापनि टोलीको हार भने टार्न सकेनन् ।

यो जितपछि १० खेलबाट २१ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको एसी मिलान भन्दा २ अं्रकले पछाडी छ । यद्यपि मिलानले एक खेल कम खेलेको छ । उता पराजित बोलोग्ना भने १२ अंकका साथ दशौं स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...