६ गोलको थ्रीलरमा बायर्नको बराबरी (भिडियोसहित)

एजेन्सी । शनिबार बुण्डेसलिगातर्फ घरेलु मैदानमा रोमाञ्चक बराबरी खेले तापनि लिगलिडर बायर्न म्युनिखले लिगतालिकामा आफ्नो शिर्षतालाई भने कायम राखेको छ ।

एलियान्ज इरिनामा भएको खेलमा बायर्नले दोस्रो स्थानको टोली आरबी लिपजिगसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्यो । खेलको १९औं मिनटमै क्रिस्टोफर एन्कुकुको गोलबाट लिपजिगले खेलमा अग्रता बनाएको थियो ।

तर ३०औं मिनटमा १७ बर्षे जमल मुसियालाले बायर्नका लागि बराबरी गोल फर्काए । लगतै ३४औं मिनटमा थोमस मुलरले बायर्नका लागि दोस्रो गोल गरे । घरेलु टोलीले त्यो अग्रता पनि धेरैबेर जोगाउन सकेन ।

दोस्रो गोल खाएको दुई मिनट लगतै लिपजिगका लागि जस्टिन क्लुभर्टले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए । त्यस्तै दोस्रो हाफको शुरुवाततिर ४८औं मिनटमा इमिल फोर्सबर्गले लिपजिगका लागि तेस्रो गोल गर्दै पाहुना टोलीलाई खेलमा ३–२ को स्थितिमा पुर्याए ।

तर पनि लिपजिगले त्यो अग्रता जोगाउन सकेन । उता बायर्नका लागि ७७औं मिनटमा मुलरले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको सम्भावित हारबाट टार्नुका साथै खेललाई ३–३ को बराबरीमा समापन गर्न पनि सफल भए ।

यो जितसँगै १० खेलबाट २३ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ । उता लिपजिग भने २१ अंकका साथ दोस्रो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...