शिर्ष चारमा उक्लियो म्यानचेष्टर (भिडियोसहित)

एजेन्सी । गत साता मात्र च्याम्पियन्स लिगमा पिएसजीसँग घरमै बेहोरेको हारलाई बिर्सिदै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार फेरि प्रभावशाली जित निकालेको छ ।

लण्डन स्टेडियममा समर्थकहरुका बीच भएको खेलमा म्यानचेष्टरले घरेलु टोली वेस्ट ह्याम युनाइटेड विरुद्ध ३–१ को शानदार जित निकाल्यो । ३८औं मिनटमा टोमस सुसेकले वेस्ट ह्यामका लागि शुरुवाती गोल गर्दा पाहुना टोली दबाबमा परेको थियो ।

तर रेड डेविल्सले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्यो र लगातार तीन गोल गर्न सफल भयो । पाउल पोग्बाले ६१औं मिनटमा पहिलो गोल गर्दै म्यानचेष्टरलाई खेलमा फर्काए ।

त्यसको तीन मिनट लगतै मेसन ग्रीनवुडले रेड डेविल्सको त्यो अग्रता २–१ मा पुर्याए । दोस्रो हाफमा आक्रमक बनेको म्यानचेष्टरका लागि ७८औं मिनटमा मार्कस रेशफोर्डले तेस्रो तथा अन्तिम गोल गरे । इडिन्सन कावानीको स्थानमा मैदान प्रवेश गरेका रेशफोर्डलाई हुवाँ माटाले गोलका लागि पास मिलाइदिएका थिए ।

शिर्ष चारमा उक्लियो रेड डेविल्स

शनिबारको जितपछि १० खेलबाट १९ अंक जोडेको म्यानचेष्टर युनाइटेड लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । तर दोस्रो र तेस्रो स्थानमा रहेको टोटेनह्याम र लिभरपुल भन्दा २ अंकले पछाडी छ भने शिर्ष स्थानमा चेल्सी भन्दा ३ अंकले पछि छ । त्यस्तै उता पराजित वेस्ट ह्याम भने १७ अंकका साथ सातौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...