नवआगन्तुक टोलीसँग पनि हार्यो बार्सा (भिडियोसहित)

एजेन्सी । यस सिजनको शुरुवातबाटै लयमा नदेखिएको स्पेनिस जायन्ट बार्सिलोनाले स्पेसिन ला लिगातर्फ शनिबार राती नवआगन्तुक टोली केडिजसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।

बार्सिलोना विरुद्ध केडिजको यो ऐतिहासिक जित समेत थियो । यसअघि उसले बार्सालाई अन्तिमपटक सन् १९९१ मा पराजित गरेको थियो । टप डिभिजन लिगमा भने केडिजको यो सन् २००६ पछि पहिलो घरेलु जित समेत थियो ।

खेलको आठौं मिनटमै अल्वारो जिमिनेजको गोलबाट केडिजले खेलमा अग्रता लिएको थियो । बार्सा विरुद्ध पहिलो हाफसम्म सोही अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफतर्फ ५७औं मिनटमा केडिजका पेड्रो अल्कलाले आत्मघाती गोल गर्न पुग्दा बार्सिलोना खेलमा फर्किन सफल भएको थियो ।

खेलमा जुझारु प्रदर्शन गरेको केडिजका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अल्वारो नेग्रेडो निर्णायक बने । मैदान प्रवेश गरेको एक मिनट बित्न नपाउँदै नेग्रेडोले ६३औं मिनटमा घरेलु टोलीका लागि दोस्रो निर्णायक गोल गरे ।

खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, एन्टोइन ग्रीजम्यान तथा कुटिन्हो जस्ता स्टार खेलाडीहरुको वर्चश्व रहे तापनि बार्साले आफ्नो स्तब्धपुर्ण हारलाई जोगाउन सकेन ।

लिगतालिकामा दुई टोलीको स्थान

शनिबारको जितपछि १२ खेलबाट १८ अंक जोडेको केडिज लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र बार्सिलोना भन्दा दुई स्थान र चार अंकले अगाडी छ । उता पराजित बार्सिलोना भने १० खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...