रियलको साँघुरो जित (भिडियोसहित)

एजेन्सी । ला लिगामा पछिल्ला तीन खेलहरु जित्न नसकेको रियल मेड्रिडले शनिबार भने महत्वपूर्ण तर साँघुरो जित निकालेको छ । सेभियालाई उसकै घरमा हराउने क्रममा रियलले १–० को महत्वपूर्ण जित निकाल्यो ।

रियलले गोलका लागि दोस्रो हाफसम्म पर्खन पर्यो । खेलमा सुधारिएको प्रदर्शन गरेको रियलले ५५औं मिनटमा गोलको खाता खोलेको थियो । फेर्लान मेन्डीको क्रस पासलाई सेभियाका गोलरक्षक यासिन बुनुले नियन्त्रणमा लिन नसक्दा बलले गोलपोष्टको जाली चुमेको थियो ।

मेन्डीको बाँया क्रस पासलाई भिनिसियस जुनियरले गोलका लागि छुने असफल प्रयास गरे तापनि विपक्षी गोलरक्षकको गल्तीकै कारण बलले पोष्टको जाली चुमेको थियो । त्यो गोल नै खेलको एक मात्र निर्णायक गोल पनि बन्यो ।

यो जितसँगै ११ खेलबाट २० अंक जोेडेको रियल तेस्रो स्थानमा छ । र लिगलिडर रियल सोसिडाड भन्दा चार अंकले पछाडी छ । उता पराजित सेभिया भने १६ अंकका साथ पाँचौं स्थानमा छ र उसले एक खेल कम समेत खेलेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...