लयमा फर्किएको सिटी चौथो स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । लयमा फर्किएको म्यानचेष्टर सिटीले प्रिमियर लिगतर्फ शनिबार अर्को प्रभावशाली जित निकाल्दै लिगतालिकाको शिर्ष चारमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले फुलह्याममाथि २–० को जित निकाल्यो ।

गत साता मात्र बर्नली विरुद्ध ५–० को जित निकालेको सिटी फुलह्याम विरुद्ध पनि प्रभावशाली देखियो । यद्यपि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा सिटीले गोल अन्तरले धेरै बनाउन भने सकेन ।

खेल शुरु भएको पाँचौं मिनटमै रहिम स्टर्लिङले सिटीका लागि गोलको खाता खोले । दोस्रो गोल भने केभिन डि ब्रुईनको नाममा रह्यो । ब्रुईनले २६औं मिनटमा पेनाल्टीबाट दोस्रो गोल गरे । जुन गोल खेलको अन्तिम पनि बन्यो ।

यो जितसँगै सिटी १० खेलबाट १८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । र, लिगलिडर टोटेनह्याम भन्दा तीन अंकले मात्र पछाडी छ । पराजित फुलह्याम भने ११ खेलबाट ७ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...