रोमाञ्चक खेलमा हारबाट जोगियो इभर्टन (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार भएको रोमाञ्चक भिडन्तमा इभर्टनले आफ्नो सम्भावित हार टारेको छ । टर्फ मुरमा भएको खेलमा इभर्टनले घरेलु टोली बर्नलीसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

बर्नलीले खेलको तेस्रो मिनटमै सनसनीपूर्ण रुपमा खेलमा अग्रता बनाएको थियो । रबी ब्राडीले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि इभर्टन दबाबमा पर्न पुगेको थियो ।

गोल खाए लगतै इभर्टनले खेलमा फर्किने प्रयास गर्यो र सुधारिएको प्रदर्शनलाई निरन्तरता दियो । जसको फलस्वरुप इभर्टनले पहिलो हाफ कै इन्जुरी समयमा बराबरी गोल फर्काउन सफल भयो ।

डोमिनिक कलभर्ट–लेविनले इभर्टनका लागि बराबरी गोल गर्दै पाहुना टोलीको सम्भावित हार टारेका थिए । यो नतिजापछि ११ खेलबाट १७ अंक जोडेको इभर्टन आठौं स्थानमा छ । समान अंक भए तापनि साउथह्याम्पटन गोल भिन्नताका आधारमा सातौं स्थानमा छ ।

उता बर्नली भने रेलिगेशन क्षेत्र मै संघर्षरत छ । १० खेलबाट ६ अंक जोडेको बर्नली लिगतालिकाको १९औं स्थानमा छ । र रेलिगेशन क्षेत्र भन्दा दुई स्थान माथि रहेको फुलह्याम भन्दा एक अंकले पछाडी छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...