एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो इटालिय सिरि ए तर्फ नोभेम्बरका लागि मोस्ट भ्यालुएबल प्लेयर अफ द मन्थ घोषित भएका छन् ।
सिरि ए का अनुसार रोनाल्डोलाई यो अवार्ड शनिबार हुने युभेन्टस र टोरिनो बीचको खेलका क्रममा दिइनेछ । स्मरण रहोस, यस सिजन पनि उत्कृष्ट लयमा रहेका ३५ बर्षिय रोनाल्डोले सिरि ए तर्फ ५ खेलमा आठ गोल गरिसकेका छन् ।
साथै सिरि ए तर्फ सर्वाधिक गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा समेत छ्न । शिर्ष स्थानमा एसी मिलानका ज्लाटन इब्राहिमोभिच छन् । ज्लाटनले ६ खेलमा कुल १० गोल गरेका छन् ।
✅ Technical efficiency performance at 96%
💪 Offensive-aggressiveness index above 96%
🔥 He’s the player with the best efficiency index on the field.@Cristiano is the November #SerieATIM MVP!https://t.co/Qpmg2ghM1b#WeAreCalcio pic.twitter.com/kYcrs4TARS— Lega Serie A (@SerieA_EN) December 4, 2020