सिटीको बराबरी, नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्यो

एजेन्सी । च्याम्पियन्स लिगतर्फ समूह सी मा रहेको इङलिस क्लब म्यानचेष्टर सिटीले मंगलबार राती पोर्चुगिज क्लब एफसी पोटोसँग गोलरहित बराबरी खेल्यो ।

यो नतिजाका बावजुद सिटी यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो । उता पोर्टोले पनि नकआउट चरणमा स्थान सुरक्षित गर्यो । ५ खेलबाट १३ अंक जोडेको सिटी शिर्ष स्थानमा छ । त्यस्तै १० अंक जोडेको पोर्टो दोस्रो स्थानमा छ ।

समूह सी बाट समूह विजेता र उपविजेताको छिनोफानो भने अर्को साता लाग्नेछ । त्यसैगरी समूह सी तर्फ कै अर्को खेलमा फ्रेन्च क्लब मार्सेलीले ओलम्पियाकोसलाई २–१ ले हरायो र युरोपा लिग खेल्ने सम्भावना कायम राख्यो ।

तीन अंक जोडेको मार्सेली समूह सी को पुछार मै छ । समान तीन अंक भए तापनि गोल भिन्नताका आधारमा ओलम्पियाकोस तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा मार्सेलीले बलियो म्यानचेष्टर सिटीको सामना गर्नेछ भने सोही दिन ओलम्पियाकोसले पोर्टोसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...