च्याम्पियन्स लिगमा रियलको हार, अब अन्तिम खेल नै निर्णायक (भिडियोसहित)

एजेन्सी । १३ पल्टको युरोपियन च्याम्पियन रियल मेड्रिडले च्याम्पियन्स लिगतर्फ समूह चरणको खेल अन्तरगत शख्तर डोनेस्कसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।

स्मरण रहोस, समूह बी मा रहेको रियलले पहिलो हार पनि शख्तरसँगै बेहोरेको थियो । मंगलबार राती किभ स्थित शख्तरको घरेलु मैदानमा भएको खेलमा उसले रियललाई २–० ले हरायो र नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना कायम राख्यो ।

शख्तरले दुवै गोल दोस्रो हाफमा गर्न सफल भयो । पहिलो गोल ५७औं मिनटमा डेन्टिन्होले गरे । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनुर सोलोमनले दोस्रो गोल गर्दै युक्रेनियन क्लबको सनसनीपुर्ण जित पक्का गरे ।

यो नतिजासँगै च्याम्पियन्स लिगतर्फ समूह बी मा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना कायम छ । यो जितपछि ५ खेलबाट ७ अंक जोडेको रियल समूह बी तर्फ तेस्रो स्थानमा छ । समान ७ अंक भए तापनि गोल भिन्नताका आधारमा शख्तर दोस्रो स्थानमा छ ।

त्यस्तै मंगलबार राती नै इन्टर मिलानसँग ३–२ को हार बेहोरेको जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबेच ८ अंकका साथ शिर्ष स्थानमा रहँदा ५ अंक जोडेको इन्टर पुछारमा छ र नकआउट चरण प्रवेशको आफ्नो सम्भावना कायम राखेको छ ।

अब यी चारै टोलीको नकआउट चरण पुग्नेबारे छिनोफानो आगामी डिसेम्बर ९ तारीखका दिन लाग्नेछ । जहाँ रियलले बोरुसियाको सामना गर्नेछ भने सोही दिन शख्तरले इन्टरसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...