एफएको छानबिनको घेरामा कावानी

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका उरुग्वीयन स्ट्राइकर इडिन्सन कावानी सामाजिक सञ्जाल पोष्टका कारण फुटबल एसोसिएशन (एफए) को छानबिनमा परेका छन् ।

३३ बर्षिय कावानीले इन्स्टाग्रामबाट एक फ्यानको पोष्टलाई आपतिजनक रुपमा शेयर गरेको बुझिएको छ । जुन पोष्ट पछि हटाइएको थियो । उता म्यानचेष्टर युनाइटेडले भने आफ्नो खेलाडीको बचाउ गर्दै सो पोष्ट गलत नियतले नभई स्नेहता दर्शाउने उद्देश्यको रहेको बताएको छ ।

क्लबका अनुसार दक्षिण अमेरिकी राष्ट्रहरुमा उक्त कुरालाई फरक किसिमले बुझिने समेत बताएको छ । स्मरण रहोस, कावानीको देश उरुग्वे दक्षिण अमेरिकी राष्ट्र नै हो । साथै क्लबले कावानीलाई यसबारे सचेत समेत गराएको बताइएको छ ।

स्रोतका अनुसार एफएले यसबारे तत्काल केही नबोले तापनि कावानीबारे आवश्यक छानबिन हुन सक्ने बताइएको छ । स्मरण रहोस, प्रिमियर लिगतर्फ म्यानचेष्टर युनाइटेडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनमाथि ३–२ को जित निकालेको थियो ।

त्यतिबेला कावानीले टोलीका लागि पहिलो गोलको अवसर मिलाइदिएका थिए भने दुई गोल आफैले गर्दै क्लबको जितमा नायक समेत बनेका थिए । सोही खेलपश्चात् यो सामाजिक सञ्जालको घट्ना बाहिर आएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...