जिमिनेजको टाउकोको हड्डीमा चोट

एजेन्सी । इङलिस प्रिमियरशिप क्लब वोल्भरह्याम्पटनका मेक्सिकन स्ट्राइकर राउल जिमिनेजको टाउकोको शल्यक्रिया गरिएको छ । रिपोर्टअनुसार उनको उनको हाड्डीमा चोट लागेको थियो ।

स्मरण रहोस, प्रिमियर लिगतर्फ आइतबार राती आर्सनल विरुद्धको खेलका क्रममा जिमिनेज र आर्सनलका डिफेन्डर डेविड लुईज एकआपसमा ठोक्किन पुगेका थिए ।

सो क्रममा जिमिनेज अचेत भई मैदान मै ढलेका थिए । उनलाई मैदानमा अक्सिन समेत दिइएको थियो । पछि अस्पताल पुराइएर उनको टाउकोको चोट लागेको स्थानमा शल्यक्रिया गरिएको थियो । उता लुईज भने प्राथमिक उपचार पश्चात नै खेलमा फर्किएका थिए ।

स्रोतका अनुसार २९ बर्षिय जिमिनेजको अवस्था खतरामुक्त रहेको बताइएको छ । आइतबार भएको सो खेलमा वोल्भरह्याम्पटनले आर्सनल माथि २–१ को ऐतिहासिक जित निकालेको थियो । स्रोतका अनुसार १९७९ पछि उत्तरी लण्डनमा वोल्भ्सको त्यो पहिलो जित समेत थियो ।

जिमिनेज वोल्भ्सका महत्वपूर्ण स्ट्राइकरमा गनिन्छन् । उनले गत सिजन क्लबका लागि कुल १७ गोल गर्दा वोल्भरह्याम्पटनले लिगतालिकाको सातौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...