उत्कृष्ट जित र बायर्नको शिर्षता

एजेन्सी । शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै लिगलिडर बायर्न म्युनिखले शनिबार बुण्डेसलिगामा उत्कृष्ट जित निकाल्दै लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राखेको छ ।

खेलमा बायर्नले स्टुटगार्टलाई ३–१ ले हरायो । तर खेलमा अग्रता भने स्टुटगार्टले नै लिएको थियो । २०औं मिनटमा लसाना कुलीबेलीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर खेलमा बायर्नले उत्कृष्ट पूनरागमन गर्यो । ३८औं मिनटमा किंग्सले कोमनले बायर्नका लागि बराबरी गोल फर्काए । पहिलो हफ कै इन्जुरी समयमा स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

बुण्डेसलिगामा रोबर्टको यो आठ खेलमा १२औं गोल थियो । र यस सिजन क्लब र देशका लागि समग्रमा १८ खेलमा १७औं गोल समेत थियो ।

त्यस्तै बायर्नका लागि तेस्रो गोल भने ८७औं मिनटमा ्डगलस कोस्टाले गरे । स्मरण रहोस, कोस्टा हाल इटालियन च्याम्पियन युभेन्टसबाट लोनमा बायर्नका लागि खेलिरहेका छन् ।

यो जितपछि बायर्न ९ खेलबाट २२ अंकका साथ शिर्ष स्थानमा छ र दोस्रो स्थानको आरबी लिपजिग भन्दा २ अंकले अगाडी नै छ । उता स्टुटगार्ट भने ११ अंकका साथ दशौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...