एजेन्सी । शनिबार इङलिस प्रिमियर लिगतर्फ केही महत्वपूर्ण क्षणका रुपमा दुई नवआगन्तुक टोली लिड्स युनाइटेड र वेस्ट ब्रोम अल्बिअनको जित पनि रहन पुग्यो । दुवै टोलीले अहम जित निकाले ।
लिडसले तुलनात्मक रुपमा बलियो आँकिएको इभर्टनलाई तथा वेस्ट ब्रोमले शेफिल्ड युनाइटेडलाई हरायो । दुवै खेलको नतिजा पनि समान १–० नै थियो ।
#LUFC take a bite out of the Toffees!
— Leeds United (@LUFC) November 28, 2020
लिडसको जितमा दोस्रो हाफतर्फ ७९औं मिनटमा राफिन्हाले एक मात्र निर्णायक गोल गरे । उता अर्को खेलमा वेस्ट ब्रोमका लागि खेलको १३औं मिनटमा कोनर कलाघरले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि लिडस १० खेलबाट १४ अंकका साथ ११औं स्थानमा उक्लिएको छ । उता वेस्ट ब्रोम भने रेलिगेशन क्षेत्र छाड्दै ६ अंकका साथ १७औं स्थानमा उक्लिएको छ ।
उता पराजित इभर्टन भने १६ अंकका साथ छैटौं स्थानमा छ भने वेस्ट ब्रोमसँग हार्न पुगेको शेफिल्ड १ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा छ ।
YESSSSSSS!!! We win hard-earned points at The Hawthorns! #WBASHU | @eToro
— West Bromwich Albion (@WBA) November 28, 2020
YESSSSSSS!!! We win hard-earned points at The Hawthorns! #WBASHU | @eToro
— West Bromwich Albion (@WBA) November 28, 2020