रोकियो लिगलिडर पिएसजी (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानतर्फ शनिबार राती घरेलु मैदान मै बराबरीमा रोकिएको छ ।

पर्सि डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले बोर्डक्ससँग २–२ को बराबरी खेल्यो । खेलको १०औं मिनटमै टिमोथी पेम्बेलेको आत्मघाती गोलबाट पिएसजी खेलमा पछि परेको थियो ।

तर ब्राजिलियन स्टार नेमारले २७औं मिनटमा पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । फ्रेन्च फुटबलमा नेमारको त्यो ५०औं गोल समेत थियो । त्यसको एक मिनट लगतै मोइसे किनले पिएसजीलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफसम्म पिएसजीले २–१ कै अग्रता कायम गर्न पनि सफल भयोे । तर दोस्रो हाफमा भने घरेलु टोलीले बराबरी गोल खान पुगेको थियो । ६०औं मिनटमा यासिन अदलीले बोर्डक्सका लागि बराबरी गोल गर्दै लिडलिडरसँग अंक खोस्न सफल भए ।

यो नतिजापछि १२ खेलबाट २५ अंक जोडेको पिएसजी शिर्ष स्थान मै यथावत छ । उता बोर्डक्स भने १६ अंकका साथ ११औं स्थानमा उक्लिन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...