रियल घरमै स्तब्ध (भिडियोसहित)

एजेन्सी । यस सिजन समान प्रदर्शन गर्न नसकिरहेको स्पेनिस महारथी रियल मेड्रिडले ला लिगातर्फ शनिबार राती घरमै स्तब्धपुर्ण हार बेहोरेको छ । बर्नबेयुमा भएको खेलमा रियलले डेपोर्टिवो अलावेससँग २–१ को हार बेहोर्न पुग्यो ।

रियलले खेलको पाँचौं मिनटमै गोल खान पुगेको थियो । अलावेसका भिक्टर लगार्डियाको हेडर बक्सभित्र नाचोको हातमा लागेपछि अलावेसले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लुकास पेरेजले बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए ।

त्यस्तै दोस्रो गोल ४९औं मिनटमा जोसेलुले गर्दै टोलीको अग्रता दोब्बर पारे । जुन अग्रता खेलको निर्णायक नतिजा पनि बन्यो । उता पराजित रियलका लागि ८६औं मिनटमा केसेमिरोले एक गोल फर्काए तापनि टोलीको हार टरेन ।

लगातार तीन लिग खेलमा जितविहीन बनेको रियल १० खेलबाट १७ अंकका साथ चौथो स्थानमा छ । र लिगलिडर रियल सोसिडाड भन्दा ६ अंकले पछाडी छ । उता अलावेस भने ११ खेलबाट १३ अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...