कमजोर टोलीसँग रोकियो लिभरपुल (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुल इङलिस प्रिमियर लिगतर्फ शनिबार जित नजिक पुगेर पनि रोकिएको छ । एमेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राईटनसँग १–१ को बराबरी खेल्न बाध्य भयो ।

खेलको ६०औं मिनटमा डिओगो जोटाको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो । मोहमद सलाहको पासमा जोटाले त्यो गोल गरे तापनि लिभरपुलले त्यसलाई अन्तिम मिनटसम्म जोगाउन सकेन ।

खेलको इन्जुरी समयमा ब्राईटनले पेनाल्टीको अवसर पायो । एन्डी रोबर्टसनले डेनी वेलबेकको बुटमा प्रहार गर्दा रेफ्रीले विवादास्पद रुपमा पेनाल्टीको अवसर दिएको थियो । लिभरपुलका लागि खेलाडीहरुले अपिल गरे तापनि त्यो अपिल खेर जान पुग्यो ।

इन्जुरी समयमा पास्कल ग्रोसले गरेको त्यो पेनाल्टी गोलले ब्राईटन सम्भावित हारबाट समेत जोगियो भने लिभरपुलसँग महत्वपूर्ण अंक खोस्न पनि सफल भयो । यद्यपि खेल ब्राईटनले जित्ने सम्भावना पनि थियो ।

ब्राईटनले पहिलो हाफ मै पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । निल मुपेको पेनाल्टी प्रहार पोष्ट बाहिरिंदा घरेलु टोली चुकचुकाउनु परेको थियो ।

यो नतिजापछि १० खेलबाट २१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । एक खेल कम खेलेको टोटेनह्याम २० अंकका साथ पुछारमा छ । उता ब्राईटन भने १० अंकका साथ १६औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...