बार्सिलोनाका खेलाडीहरु पारिश्रमिक कटौती गर्न सहमत

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाका खेलाडीहरुले आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । यो निर्णयसँगै क्लबले कुल १२२ मिलियन युरो बचत गर्नेछ ।

त्यति मात्र नभएर २६ पटकको ला लिगा च्याम्पियन बार्साले दिनुपर्ने अन्य विविध रकमहरु पनि तत्कालका लागि खेलाडीहरुलाई तिर्न नपर्ने गरी खेलाडीहरुसँग सम्झौता गरेको छ ।

रिपोर्टअनुसार बार्साले गत बर्ष ९७ मिलियन युरोको घाटा बेहोरेको थियो । त्यति मात्र नभएर स्रोतका अनुसार क्लबको हालको ऋण ४८८ मिलियन युरो रहेको बताइएको छ ।

उता बार्सिलोनाले खेलाडीहरुसँग यो सहमति गरेपछि यो निर्णय वर्तमान आर्थिक अवस्थामा क्लबका आर्थिक स्थिति बलियो बनाउन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेको छ ।

स्मरण रहोस, बार्सिलोनाका खेलाडीहरुले गत मार्चमा कोरोना भाइरस महामारीका बेला ७० प्रतिशत पारिश्रमिक कटौती गरेका थिए । त्यति मात्र नभएर टिम बाहिर रहने क्लबका अन्य सबै स्टाफहरुले पूरा पारिश्रमिक पाउने व्यवस्था समेत मिलिाइदिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...