लण्डनमा न्युक्यासलको महत्वपुर्ण जित

एजेन्सी । नाटकीय रुपमा खेल सकिन दुई मिनट बाँकी छंदा दुई गोल गरेपछि न्युक्यासल युनाइटेडले प्रिमियर लिगमा शुक्रबार राती महत्वपूर्ण हात पारेको छ ।

सेलहस्ट पार्क स्टेडियममा सम्पन्न खेलमा न्युक्यासलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो । न्युक्यासलको जितमा ब्राजिलियन फरवार्ड जोएलिन्टन नायक रहे ।

खेलको ८८औं मिनटमा केलम विल्सनले न्युक्यासलका लागि पहिलो गोल गर्दा जोउलिन्टनले नै पास मिलाइदिएका थिए । त्यसको एक मिनट लगतै जोएलिन्टनले नै टोलीका लागि दोस्रो गोल गरे ।

यस सिजन प्रिमियर लिगमा उनको यो पहिलो गोल थियो भने गत जुलाईमा न्युक्यासलमा किर्तिमानी मुल्य ४० मिलियन पाउण्डमा आवद्ध भए यता क्लबका लागि तेस्रो गोल समेत थियो ।

यो जितसँगै १० खेलबाट १४ अंक जोडेको न्युक्यासल लिगतालिकाको १०औं स्थानमा उक्लिएको छ । पराजित प्यालेस भने १३ अंकका साथ १३औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...