इन्टर विरुद्ध रियललाई सफलता (भिडियोसहित)

एजेन्सी । इटालियन महारथी इन्टर मिलानको युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने योजनामाथि ठूलो धक्का लागेको छ । बुधबार राती समूह बी तर्फ घरेलु मैदान सान सिरोमा रियल मेड्रिडसँग २–० ले पराजित भएपछि इन्टरको योजनामा धक्का लागेको हो ।

खेलको सातौं मिनटमै इडन हजार्डको पेनाल्टी गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । उता पहिलो हाफ कै ३३औं मिनटमा आर्टुरो भिडालले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि इन्टर शुरुवाती समयदेखि नै दबाबमा पर्न पुगेको थियो ।

उता दोस्रो हाफको ५९औं मिनटमा इन्टरका अचरफ हाकिमीले आत्मघाती गोल गर्न पुगेपछि घरेलु टोलीको खेलमा फर्किने सम्भावना लगभग समाप्त भएको थियो ।

यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको रियल समूह डी को दोस्रो स्थानमा उक्लिएको छ । पराजित इन्टर २ अंकका साथ पुछारमा छ । समूह डी तर्फ बुधबार नै भएको अर्को खेलमा बोरुसिया मोनचेनग्लाडबाचले शख्तर डोनेस्कलाई ४–० ले हरायो र ८ अंकका साथ शिर्ष स्थानमा कब्जा जमाउन सफल भयो ।

पराजित शख्तर भने ४ अंकका साथ तेस्रो स्थानमा झरेको छ । समूह डी बाट नकआउट चरणमा पुग्ने चारै टोलीहरुको सम्भावना कायम छ । यद्यपि इन्टरलाई बुधबार रातीको हार बढी महँगो साबित भइदिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...