लिभरपुल एनफिल्ड मै स्तब्ध (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगतर्फ लिभरपुलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना थप लम्बिएको छ । बुधबार राती घरेलु मैदान एनफिल्ड मै एटलान्टासँग २–० ले पराजित भएपछि रेडसले नकआउट चरणमा प्रवेश गर्न अझै पर्खनु पर्ने भएको हो ।

एटलान्टाले नाटकीय रुपमा दोस्रो हाफतर्फ चार मिनटको अन्तरालमा दुई गोल गरेपछि समूह डी बाट नकआउट चरणमा प्रवेश गर्ने तीन टोलीहरुको सम्भावना खुला भएको छ ।

एटलान्टाको जितमो जोसिप इलिसिकले ६०औं मिनटमा पहिलो गोल गरे भने त्यसको चार मिनट लगतै रोबिन गोसेन्सले दोस्रो गोल गर्दै टोलीको जित खेलको मध्यतिर नै पक्का गरेका थिए ।

लामो समय पछि मैदानमा फर्किएका इजिप्शियन स्टार मोहमद सलाहले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यो हारका बावजुद चार खेलबाट ९ अंकका साथ शिर्ष स्थानमा छ ।

बुधबार राती नै एफसी मिडजील्याण्डलाई ३–१ ले हराएको अजाक्स ७ अंकका साथ दोस्रो स्थानमा छ । समान ७ अंक भएको एटलान्टा तेस्रो स्थानमा छ भने अंकविहीन मिडजील्याण्ड पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

लिभरपुलले अब नकआउट चरणमा प्रवेश गर्न आफूले खेल्न बाँकी रहेको दुई मध्ये एक खेलमा जित निकाल्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...