रोनाल्डो र मेसीसँगै फिफा बेस्ट अवार्डका लागि ११ खेलाडीहरुको मनोनयन सार्वजनिक

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्षको फिफा बेस्ट अवार्डतर्फ पुरुष बर्ष खेलाडीको ११ सदस्यीय अन्तिम मनोनयन नामावली सार्वजनिक गरेको छ ।

यो मनोनयनमा सूचीमा दुई परस्पर प्रतिद्वन्द्वी युभेन्टसका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी पनि सामेल छन् । सूचीमा इङलिस च्याम्पियन लिभरपुलका सर्वाधिक पाँच खेलाडीहरु सामेल छन् ।

जसमा गोलरक्षक एलिसन बेकर, मोहमद सलाह, साडियो माने, भर्जिन भान डाईक र यसै समर रेडसमा आवद्ध भएका थियागो अलकन्तारा रहेका छन् ।

त्यस्तै अन्य खेलाडीहरुमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का काइलन एम्बाप्पे र नेमार छन् भने रियल मेड्रिडका कप्तान सर्जियो रेमोस पनि यो सूचीमा परेका छन् ।

त्यसैगरी यो सूचीमा म्यानचेष्टर सिटीका केभिन डि ब्रुईन पनि छन् भने जर्मन च्याम्पियन बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...