इङलिस विंगरले स्वीकारे आफ्नो दुई गल्ती

एजेन्सी । इङलिस क्लब एस्टन भिल्लाका चर्चित विंगर ज्याक ग्रिलिसले लापरवाहीपुर्ण तरिकाले सवारी चलाई दुर्घट्ना गराएको दुई आरोपलाई स्वीकारेका छन् ।

२५ बर्षिय यी इङलिस विंगरले देशव्यापी रुपमा गरिएको लकडाउनको ६ दिन पश्चात् २९ मार्चका दिन पार्क गरि राखिएको सवारीमाथि आफ्नो ल्यान्ड क्रुजरले ठोक्याउन पुगेका थिए ।

रिपोर्टअनुसार ग्रीलिस अदालतमा उपस्थित नभए तापनि उनले आफ्नो वकिल मार्फत गल्ती स्वीकारेका छन् । त्यस्तै उनले गत अक्टुबर १८ तारीखका दिन दोस्रो सवारी दुर्घट्नामा पनि आफ्नो गल्ती रहेको स्वीकारेका छन् ।

यद्यपि उनीमाथि लगाइएको अन्य दुई आरोप भने उनले अस्वीकार गरेका छन् । जसमध्ये एउटा उनले दुर्घट्ना लगतै प्रहरीलाई जानकारी नगराएको कुरा उल्लेख गरिएको छ ।

स्रोतका अनुसार उनले आफ्नो गल्ती स्वीकारे पश्चात् के कस्तो कारवाही हुने हो, त्यसबारे भने खुलाइएको छैन ।

 


प्रतिक्रिया दिनुहोस

Loading...