प्यालेसका फरवार्ड जाहालाई पनि कोरोना संक्रमण

एजेन्सी । इङलिस प्रिमियरशिप क्लब क्रिस्टल प्यालेसका फरवार्ड विलफ्राईड जाहालाई पनि कोरोना संक्रमण भएको कुरा क्लब स्वयंले पुष्टी गरेको छ ।

उनलाई कोभिड–१९ को पुष्टी भएसँगै सोमबार बर्नली विरुद्धको खेलमा पनि खेलाइएको थिएन । सो खेलमा प्यालेस १–० ले पराजित भएको थियो ।

रिपोर्टअनुसार उनी हाल सेल्फ आइसोलेसनमा छन् । क्लबले जनाए अनुसार जाहामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । तर उनको परिक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

साथै क्लबले उनको अर्को टेष्ट रिपोर्ट नआउँदासम्म उनी आइसोलेसन मै रहने जनाएको छ । स्मरण रहोस, यस सिजन क्लबका लागि महत्वपुर्ण खेलाडीका रुपमा रहेका जाहाले प्यालेसका लागि पाँच गोल गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...