खेल कै क्रममा विपक्षी खेलाडीको गुप्ताङ दुईपटक समातेपछि…

एजेन्सी । लोकप्रिय फुटबल खेलमा खेलाडीहरुबीच प्रायः जसो विवाद र हातपात हुने गरेको घट्नाहरु बारम्बार आइरहेका हुन्छन् । त्यसमा पनि इङलिस फुटबल अझ आक्रमक हुन्छ ।

तर, इङलिस फुटबलमा शनिबारको एक घट्नाले धेरै चर्चा पाइरहेको छ । घट्ना इङलिस फुटबलको दोस्रो डिभिजन स्काइ बेट च्याम्पियनसिपको हो । शनिबार प्रेस्टन नर्थ एन्ड एफसी र शेफिल्ड वेडनिसडेबीच खेल चलिरहेको थियो ।

खेल चलिरहेकै बेला दोस्रो हापतर्फ प्रेस्टनका डिफेन्डर डार्नेल फिशरको हर्कतले क्यामराम्यानको ध्यान उनीतर्फ तानिन पुग्यो । २६ बर्षिय फिसरले विपक्षी शेफिल्डका केलम पिटरसनको गुप्ताङलाई हातले छोएको क्यामरामा कैद भयो ।

तर, उनको त्यो हर्कतलाई रेफ्रीले देखेनन् । उनले दोस्रोपटक फेरि पिटरसनको गुप्ताङमा हात पुर्याए । त्यतिबेला पिटरसनले फिसरको त्यो हर्कतबारे रेफ्रीतर्फ हेर्दै आपति पनि जनाए ।

खेल प्रेस्टनले १–० ले जिते तापनि फिसरको त्यो हर्कतले सञ्चारमाध्यममा निकै चर्चा पायो । उनको त्यो हर्कतबारे आलोचना पनि हुन थालेपछि फुटबल एशोसिएशन (एफए) ले त्यसबारे छानबिन गर्ने बताएको छ ।

रिपोर्टअनुसार, एफएको छानबिनका क्रममा फिसर दोषी पाइए उनीमाथि कडा कारवाही हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...