एजेन्सी । कोरोना भाइरस महामारीको संक्रमण बृद्धि हुँदै गएपछि इङल्याण्डमा विभिन्न खेलकुद गतिविधीहरुमा दर्शकहरुको सहभागिता माथि प्रतिवन्ध लगाइएको थियो ।
खेलकुद गतिविधीमा पनि प्रतिवन्ध लगाइए तापनि केही महिना यतादेखि दर्शक विहीन रुपमा आउटडोर खेल गतिविधीहरु सञ्चालन भइरहेका छन् ।
ताजा रिपोर्टअनुसार अब इङल्याण्डमा हुने आउटडोर खेल गतिविधीहरुमा दर्शकहरुले पनि सहभागिता जनाउन पाउने भएका छन् । रिपोर्टअनुसार कोभिड–१९ को खतरा न्युन भएको क्षेत्रमा बढीमा चार हजार दर्शकहरुले आउटडोर खेलको प्रत्यक्ष मजा लिन पाउने बताइएको छ ।
A maximum of 4,000 fans are to be allowed at outdoor events in the lowest-risk areas when the national lockdown in England ends on 2 December.
Full story 👉 https://t.co/FFKNfXSJtU #bbcfootball pic.twitter.com/JTvVHbO46O
— BBC Sport (@BBCSport) November 23, 2020
स्मरण रहोस, इङल्याण्डमा डिसेम्बर २ तारीखदेखि नेशनल लकडाउन अन्त्य हुँदैछ । सोही बेलादेखि दर्शकहरुको सहभागिता पनि खेलकुद गतिविधीमा बृद्धि हुने अनुमान गरिएको छ । यद्यपि यो नियम केवल कोभिड–१९ को खतरा कम भएको क्षेत्रमा मात्र लागु हुने बताइएको छ ।
यसबारे इङल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनले छिटै आधिकारिक रुपमा घोषणा गर्ने समेत बताइएको छ ।