फुटबलरको कार दुर्घट्नामा मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व डिफेन्डर एनिले एन्कोंकोको ३३ बर्षको उमेरमा कार दुर्घट्नामा परि सोमबार निधन भएको छ । रिपोर्टअनुसार उनको दुर्घट्ना स्थल मै मृत्यु भएको हो ।

स्रोतका अनुसार एनिले जोहानेसबर्ग र डर्बानको मध्य क्षेत्रमा दुर्घट्नामा परेका थिए । स्मरण रहोस, उनी यसै बर्ष मेमलोडी सनडाउन्स क्लबबाट अमाजुलु क्लबमा लोनमा स्थानान्तरण भएका थिए ।

उनी त्यसै सिलसिलामा आफ्नो नयाँ क्लबका साथीहरुलाई भेटन त्यसतर्फ जाँदै थिए । स्मरण रहोस, सनडाउन्सलाई गत सिजन लगातार तेस्रोपटक प्रिमियर सकर लिगको उपाधि जिताउन एनिलेले पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनको मृत्युबारे दुवै क्लबले आधिकारिक रुपमा वक्तव्य निकाल्दै पुष्टी समेत गरेका छन् । घरेलु फुटबलमा फर्किनु अघि उनले चर्चित बेल्जियन क्लब जेन्कबाट पनि २०० भन्दा बढी व्यवसायीक खेल खेलेका थिए ।

दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीमा रहेर ५३ क्याप समेत जितेका एनिलेले देशका लागि सन् २०१० को फिफा विश्वकप सहित सन् २०१३ र २०१५ मा गरि दुई अफ्रिका कप अफ नेशन्स पनि खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...