जितको लयमा फर्कियो इभर्टन

एजेन्सी । डोमिनिक कलभर्ट–लेविनले आफ्नो गोलस्कोरिङ लयलाई कायम राख्दै दुई गोल गरेपछि प्रिमियर लिगमा इभर्टन फेरि जितको लयमा फर्किएको छ ।

आइतबार भएको पहिलो खेलमा इभर्टनले नवआगन्तुक टोली फुलह्याममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । इभर्टनले तीनै गोल पहिलो हाफमा गर्न सफल भयो ।

खेल शुरु भएको पहिलो मिनटमै लेविनले इभर्टनका लागि पहिलो गोल गरे भने २९औं मिनटमा त्यो अग्रता दोब्बर पारे । लगतै ३५औं मिनटमा अब्दुलाय डुकुरेले इभर्टनका लागि तेस्रो गोल गरे ।

उता पराजित फुलह्यामका लागि बबी रिडले १५औं मिनटमा पहिलो तथा रुबेन लोफट्स चिकले ले ७०औं मिनटमा दोस्रो गोल गरे तापनि टोलीको हार टार्न सकेनन् ।

यो जितपछि ९ खेलबाट १६ अंक जोडेको इभर्टन छैटौं स्थानमा छ । उता पराजित फुलह्याम भने ४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...