गोलका भोका रोनाल्डो

एजेन्सी । इटालियन सिरि ए को नयाँ सिजन शुरु भए यता अपराजित रहेको साविक विजेता युभेन्टसले आफ्नो लयलाई स्वभाविक रुपमा समाउन नसके तापनि क्लबका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो भने अझै पनि गोलका भोका देखिएका छन् ।

शनिबार राती घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिरीलाई २–० ले हराउँदा दुवै गोल रोनाल्डोको नाममा रह्यो । दुवै गोल उनले दर्शनीय रुपमा गरे ।

यो गोलसँगै उनी यस सिजन सिरि ए तर्फ सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एसी मिलानका ज्लाटन इब्राहिमोभिचसँगै शिर्ष स्थानमा छन् । यी दुवै खेलाडीले अहिलेसम्म समान ८–८ गोल गरेका छन् ।

त्यति मात्र नभएर शनिबारको त्यो जितसँगै युभेन्टस ८ खेलबाट १६ अंक जोड्दै दोस्रो स्थानमा समेत उक्लिएको छ । साथै लिगलिडर एसी मिलानसँगको अंकदुरी १ अंकका पनि छोट्याएको छ ।

तर मिलानले युभेन्टस भन्दा एक खेल कम खेलेको छ । लिगमा हालसम्म चार जित र चार बराबरी गरेको युभेन्टस अपराजित छ । उता मिलान पनि खेलमा ५ जित र दुई बराबरीका साथ अपराजित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...