शिर्षताको अवसरबाट चुक्यो रियल (भिडियोसहित)

एजेन्सी । खेलमा शुरुवाती अग्रता बनाएर पनि रियल मेड्रिड स्पेनिस ला लिगातर्फ शनिबार बराबरीमा रोकिएको छ । भिल्ला रियलसँग १–१ को बराबरीमा रोकिएको रियलले लिगतालिकामा शिर्ष स्थानको टोलीसँग दुरी छोट्याउने अवसरबाट समेत चुकेको छ ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनटमै मारियानोको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलमा त्यो अग्रतालाई जोगाउन संघर्ष गरेको रियलले सफल भने भएन ।

उता दोस्रो हाफमा भिल्लारियलका सामुएल चुकवुजीलाई रियलका खेलाडीले बक्स भित्र लडाएपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ७६औं मिनटमा जेरार्ड मोरेनोले पेनाल्टीमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि रियल ९ खेलबाट १७ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै एक खेल बढी खेलेको भिल्लारियल १९ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...