लिगतालिकामा चेल्सीको शिर्षता

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ लण्डन क्लब चेल्सीले लिगतालिकामा शिर्ष स्थान माथि कब्जा जमाएको छ । शनिबार भएको पहिलो खेलमा न्युक्यासल युनाइटेडलाई उसकै घरमा २–० ले हराएपछि चेल्सीले शिर्षता बनाउन सफल भएको हो ।

खेलको दशौं मिनटमै न्युक्यासलका अर्जेन्टिनी डिफेन्डर फेडरिको फर्नान्डेजले आत्मघाती गोल गर्न पुग्दा चेल्सीले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ६५औं मिनटमा टिमो वेर्नरको पासमा टेमी अब्राहमले दोस्रो गोल गरे । त्यो गोल खेलको अन्तिम गोल पनि बन्यो ।

यो जितपछि ९ खेलबाट १८ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । समान अंक भए तापनि गोल भिन्नताका आधारमा लेस्टर सिटी दोस्रो स्थानमा छ । यद्यपि लेस्टरले एक खेल कम समेत खेलेको छ । उता पराजित न्युक्यासल भने ११ अंकका साथ १३औं स्थानमा छ ।

यो नतिजापछि ९ खेलसम्म अपराजित चेल्सीले लगातार पाँच खेलहरुमा जित समेत हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...