एजेन्सी । बर्षको शुरुवातदेखि चर्चामा रहेका बोरुसिया डर्टमुण्डका नर्वेजियन फरवार्ड इर्लिङ हालन्डले यस बर्षको गोल्डेन ब्वाय अवार्ड जितेका छन् । यसै बर्ष डर्टमुण्डमा आवद्ध भएका हालन्डले क्लबका लागि समग्रमा २९ खेल खेल्दै २७ गोल गरिसकेका छन् ।
खेल पत्रकारहरुले युरोपको शिर्ष लिग खेल्ने यु–२१ उमेर समूहका एक उत्कृष्ट खेलाडीलाई यो अवार्ड वार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ । हालन्डले यस बर्ष यो अवार्ड जित्ने क्रममा बार्सिलोनाका स्पेनिस स्टार अन्शु फाटी र बायर्न म्युनिखका क्यानेडियन स्टार अलफोन्सो डेभिसलाई पछि पारे ।
Erling Haaland has beaten the likes of Jadon Sancho, Mason Greenwood and Ansu Fati to win the 2020 Golden Boy award 🥇 pic.twitter.com/v39DygFlqq
— Goal (@goal) November 21, 2020
गत सिजन अष्ट्रियन क्लब रेडबुल साल्जबर्गका लागि खेल्दै १९ बर्षको उमेर मै सनसनी मच्याएका हालन्डले यो अवार्ड पहिलोपटक जितेका हुन् । यो अवार्ड जित्ने उनी पहिलो नर्वेजियन खेलाडी समेत हुन् ।
स्मरण रहोस, गत बर्ष यो अवार्ड एटलेटिको मेड्रिडका पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सले जितेका थिए ।