काठमाडौं (एजेन्सी) । भारतको यु–१६ राष्ट्रिय पुरुष फुटबल टोली कोरोना महामारी पछि पहिलोपटक फुटबल अभ्यासमा फर्किने भएको छ । यसै बर्ष बहराईनमा हुने भनिएको एएफसी यु–१६ च्याम्पियनसिप कोभिड–१९ महामारी कै कारण आगामी बर्षका लागि सारिएको थियो ।
प्रतियोगिताको अन्तिम चरणका लागि छनौट भइसकेको भारत समूह सी मा छ । जहाँ भारतले तीन बलिया टोलीहरु दक्षिण कोरिया, अष्ट्रेलिया र उज्वेकिस्तानको सामना गर्नेछ ।
अल इण्डिया फुटबल फेडरेशनका अनुसार अभ्यास क्याम्पमा ३० खेलाडीहरुलाई बोलाइएको छ । रिपोर्टअनुसार गोवा स्थित फेडरेशनको एकेडेमीमा आउँदो ३० नोभेम्बरदेखि आउटडोर अभ्यास शुरु हुनेछ । त्यसका लागिका सबै खेलाडी तथा अफिसियलहरुलाई उपस्थित हुन आव्हान समेत गरिएको टोलीका मुख्य प्रशिक्षक विवियन फर्नान्डेसले बताएका छन् ।
India U-16 National Team 🇮🇳 to begin camp in Goa on November 20 amidst strict COVID-19 safety protocols ✅
Read here 👉 https://t.co/ADlHuNMWU1#IndianFootball ⚽ #BackTheBlue 💙 #IndianFootballForwardTogether 💪 pic.twitter.com/JXIN9JHZGT
— Indian Football Team (@IndianFootball) November 19, 2020
उता फेडरेशनका अनुसार खेलाडी तथा स्टाफहरुले अभ्यासमा फर्किनु अघि पिसिआर टेष्ट, क्वारेन्टीन लगायत अन्य स्वास्थ्य सुरुक्षाको मापदण्ड कडाईका साथ पालना गर्नुपर्नेछ ।
स्मरण रहोस, आगामी बर्ष हुने एएफसी यु–१६ च्याम्पियनसिप प्रतियोगिताको अन्तिम संस्करण हुनेछ । एएफसीका अनुसार सन्. २०२३ देखि प्रतियोगिताको उमेर समूह यु–१६ देखि बढाएर यु–१७ हुने बताइएको छ ।