एजेन्सी । स्पेनिस जायन्ट रियल मेड्रिडले शुक्रबार आफ्ना एक खेलाडीलाई कोरोना संक्रमण भएको कुरा पुष्टी गरेको छ । स्रोतका अनुसार सर्बियन स्ट्राइकर लुका जोभिकलाई कोरोना संक्रमण भएको हो ।
२२ बर्षिय जोभिक हालै देशका लागि इन्टरनेशनल ड्युटीमा थिए । युइएफए नेशन्स लिगतर्फ बुधबार सर्बियाले रसियामाथि ५–० को जित निकाल्दा जोभिकले दुई गोल गरेका थिए ।
The Serbian striker has tested positive for COVID-19.#beINLigahttps://t.co/aKfzJEWaJb
— beIN SPORTS (@beINSPORTS_EN) November 20, 2020
यद्यपि उन ीभर्खरै क्लब ड्युटीका लागि मेड्रिड फर्किएका थिए । जहाँ उनको कोभिड–१९ परिक्षण गर्दा पोजिटिभ पाइएको थियो । रियलले उनको पोजिटिभ टेष्ट बाहेक अन्य केही कुरा खुलाएको छैन । तर, खबरअनुसार उनी आइसोलेसनमा बस्नु पर्ने निश्चित छ ।