इण्डियन सुपर लिग शुरु, मोहन बगानको डेब्यु खेल मै जित

एजेन्सी । भारतीय फुटबलमा छोटो समय मै लोकप्रियता कमाएको फ्रेन्चाईज फुटबल इण्डियन सुपर लिगको सातौं संस्करण शुक्रबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा यसै सिजनदेखि सहभागिता जनाउन लागेको भारत कै पुरानो र सफलतम क्लब एटिके मोहन बगान एफसीले जितका साथ प्रतियोगिताको शुरुवात समेत गरेको छ ।

कोचीमा सम्पन्न खेलमा मोहन बगानले घरेलु टोली केरला ब्लास्टर्समाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको शुरुवात गरेको हो । मोहन बगानको जितमा दोस्रो हाफको ६७औं मिनटमा रोए कृष्णाले एक मात्र निर्णायक गोल गरे ।

कोरोना भाइरस महामारीका कारण निर्धारित मिति भन्दा अबेर शुरु भएको प्रतियोगिता दर्शकविहीन खाली रंगशालामा शुरु भएको छ । प्रतियोगितामा मोहन बगानसँगै उसको शहरी प्रतिद्वन्द्वी इस्ट बंगालले पनि यस सिजन पहिलोपटक सहभागिता जनाउँदै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...