पिएसजी विरुद्ध मोनाकोको सनसनी (भिडियोसहित)

एजेन्सी । शुरुवाती दुई गोलको अग्रता लिएर पनि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) शुक्रबार राती फ्रेन्च लिग वानमा स्तब्धपुर्ण रुपमा पराजित हुन पुगेको छ ।

शुक्रबार मोनाकोसँग ३–२ को हार बेहोर्दा पिएसजीले आफ्नो आठ खेलको जितको यात्रा पनि टुंग्याउन बाध्य भएको छ । खेलमा चोटपछि मैदान फर्किएका फ्रेन्च स्टार काइलन एम्बाप्पेले २५ र ३७औं मिनटमा लगातार दुई गोल गरेका थिए । दोस्रो गोल उनले पेनाल्टी मार्फत गरेका थिए ।

तर दोस्रो हाफमा मोनाकोले उत्कृष्ट पूनरागमन गर्यो । केविन भोलान्डले ५२ र ६५औं मिनटमा दुई गोल फर्काउँदा मोनाकाले खेल २–२ को बराबरीमा ल्याउन सफल भयो ।

पिएसजीको दुर्भाग्यपुर्ण हारको कारण भने अन्तिम समयतिर बन्न पुग्यो । ८३औं मिनटमा पिएसजीका अब्दु डायलोले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली दश खेलाडीमा खुम्चिएको थियो ।

जसमा मोनाकोले पेनाल्टीको अवसर पनि पाएको थियो । त्यसको एक मिनट लगतै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सेस फेब्रिगासले पेनाल्टीबाट मोनाकोका लागि तेस्रो गोल गरे । जुन गोल खेलको निर्णायक पनि बन्यो ।

यो जितसँगै ११ खेलबाट २० अंक जोडेको पिएसजी दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित पिएसजी भने २४ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...