जेम्स अझै किंग पावर स्टेडियम मै रहने पक्का

एजेन्सी । यस समर ट्रान्सफरतर्फ लेस्टर सिटीका स्टार मिडफिल्डर जेम्स मेडिसन म्यानचेष्टर युनाइटेड जान सक्ने हल्ला निकै चलेको थियो । म्यानचेष्टर मात्र नभएर उनले लेस्टर छाड्दै अन्य क्लबमा जान सक्ने अनुमान समेत गरिएको थियो ।

तर ती सबै अनुमानहरुलाई लत्याउँदै यी २३ बर्षिय इङलिस मिडफिल्डरले लेस्टरसँग थप चार बर्षे लामो सम्झौता गरेका छन् । दुई बर्ष अघि नर्विच सिटीबाट लेस्टरमा आवद्ध भएका मेडिसनले क्लबका लागि हालसम्म समग्रमा ७६ खेल खेल्दै १६ गोल र १० असिस्ट समेत मिलाइदिएका छन् ।

इङलिस प्रिमियर लिगमा सिजन २०१९–२० तर्फ पाँचौं स्थानमा रहेर लिगको समापन गरेको लैस्टरले आगामी सिजन युरोपा लिग खेल्ने पक्का समेत गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...