एजेन्सी । अन्ततः चेल्सीले क्लबको किर्तिमानी मूल्यमा जर्मन मिडफिल्डर काइ हेभर्जलाई अनुवन्ध गर्न सहमति जनाएको छ । रिपोर्टअनुसार चेल्सीले क्लब इतिहास कै सर्वाधिक मूल्य ९० मिलियन पाउण्ड तिरेर हेभर्जलाई बायर लेभरकुसेनबाट अनुवन्ध गर्न सहमति जनाएको हो ।
हेभर्जको स्थानान्तरण यहि साता पूरा हुने बताइएको छ । साथै दुवै क्लबबीच हाल अब अन्तिम कागजी प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । चेल्सीले लेभरकुसेनलाई हेभर्जका लागि ७२ मिलियन पाउण्ड तिर्नेछ भने त्यसमा थप एड आन्स रकम गरेर ९० मिलियन पाउण्ड हुने बताइएको छ ।
BREAKING: Chelsea FINALLY agree £90m Kai Havertz deal with Bayer Leverkusen https://t.co/KItOiVksnL pic.twitter.com/rrs5JlHTWp
— MailOnline Sport (@MailSport) August 24, 2020
चेल्सीको जिम्मेवारी सम्हाले यता फ्रान्क लाम्पार्डले २१ बर्षिय यी आक्रमक मिडफिल्डरलाई आफ्नो पहिलो रोजाईमा राखेका थिए । हेभर्जलाई अनुवन्ध गर्न चेल्सीले पछिल्लो केही महिना यता आवश्यक प्रक्रिया अपनाएर स्थानान्तरण पूरा गर्न प्रयासरत थियो ।
स्रोतका अनुसार हेभर्जले चैल्सीसँग पाँच बर्षको सम्झौता गर्नेछन् । युरोपका उदीयमान खेलाडीहरुमध्ये आफूलाई अग्रपंक्ति राखेका हेभर्जलाई अनुवन्ध गर्न अन्य ठूलाहरु पनि प्रयासरत थिए ।
गत सिजन समग्रमा हेभर्जले कुल १८ गोल गर्दै ९ असिस्ट पनि मिलाइदिएका थिए । स्मरण रहोस, चेल्सीले यसअघि नै आफ्नो स्क्वाडलाई सुदृढ बनाउन अर्का जर्मन स्टार टिमो वेर्नर र हकिम जियचलाई अनुवन्ध गरिसकेको छ ।