एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनामा हालै युभेन्टसबाट स्थानान्तरण पूरा गरेका मिरालेम पेनिचलाई कोरोना भाइरसकेको संक्रमण भएको कुरा बार्सिलोनाले पुष्टी गरेको छ ।
यद्यपि यी ३० बर्षिय मिडफिल्डरको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आइसोलेसनमा बस्ने बताइएको छ । बार्सिलोनाका अनुसार उनी १५ दिनको अन्तरालमा क्याम्प नोउ आइपुग्ने छन् ।
BREAKING: Barcelona confirm new signing Miralem Pjanic has tested positive for the coronavirus.
He will be in quarantine for 15 days and miss the start of pre-season pic.twitter.com/X2JBGI7iuP
— B/R Football (@brfootball) August 23, 2020
स्मरण रहोस, गत जुनमा मात्र बार्सिलोनाले पेनिचलाई युभेन्टसबाट स्वाप डीलमा अनुवन्ध गरेको थियो । त्यतिबेला बार्साले युभेन्टसलाई आफ्नो ब्राजिलियन मिडफिल्डर आर्थुर मेलो बिक्री गरेको थियो ।
गत सिजन निकै खराब प्रदर्शन गरेको बार्सिलोनाले १२ बर्ष यता पहिलोपटक एकै सिजन कुनै उपाधि जित्नबाट बञ्चित भएको थियो । बार्सिलोनाले सिजन २०२०–२१ को शुरुवात यहि आउँदो सेप्टेम्बर १२ तारीखदेखि गर्दैछ ।