बायर्न र पिएसजीको फाइनल भिडन्त पक्का

एजेन्सी । च्याम्पियन्स लिगको सिजन २०१९–२० मा शुरुवातबाटै प्रभावशाली प्रदर्शन गरिरहेको जर्मन च्याम्पियन बायर्न म्युनिखले ११औं पटक फाइनल यात्रा पक्का गरेको छ ।

बुधबार राती फ्रेन्च क्लब लियोनमाथि ३–० को एकतर्फी जित निकाल्दै फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको रोमाञ्चक भेट निश्चित गर्यो ।

बायर्नको जितमा खेलको १८ र ३३औं मिनटमा सर्जे नेब्रीले लगातार दुई गोल गरे । त्यस्तै तेस्रो गोल भने स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ८८औं मिनटमा गर्दै टोलीको जित पक्का गरे ।

फाइनल लिस्बोनमा २३ अगस्त (आइतबार) का दिन हुनेछ । पिएसजीले यसअघि मंगलबार राती मात्र आरबी लिपजिगलाई समान ३–० गोल अन्तरले हराउँदै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...