प्रिमियर लिगको खेलतालिका सार्वजनिक हुने मिति तय

एजेन्सी । इङलिस प्रिमियर लिगको नयाँ सिजन २०२०–२१ को खेलतालिका अगस्त २० तारीख (बिहीबार) का दिन सार्वजनिक गरिने भएको छ ।

प्रिमियर लिगको नयाँ सिजन यहि आउँदो १२ सेप्टेम्बरका दिन शुरु भई २३ मई २०२१ का दिन समापन हुँदैछ । लिगको नयाँ सिजन यसअघिका लिगहरु भन्दा पाँच साता छिटो सकिनेछ ।

सिजन २०१९–२० कोरोना भाइरस महामारीका कारण अबेर सम्पन्न भएपछि त्यसले नयाँ सिजनको खेलतालिकामा पनि प्रभाव पारेको हो ।

त्यति मात्र नभएर नयाँ सिजनमा यसपटक विन्टर ब्रेक पनि नहुने भएको छ । यसअघि हरेक सिजनको शुरुवाती मध्यतिर विन्टर ब्रेक दिइने गरिएको थियो ।

त्यस्तै हालै युरोपियन स्पर्धामा सहभागि भएका क्लबहरुलाई आराम दिइने भएको छ । जसअन्तरगत च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलेको म्यानचेष्टर सिटी, युरोपा लिगको सेमिफाइनल खेलको म्यानचेष्टर युनाइटेड र क्वाटरफाइनल खेल्ने वुल्भरह्याम्पटनले प्रिमियर लिगको नयाँ सिजनमा केही आराम पाउने भएका छन् ।

अर्थात, यी तीन क्लबहरुको खेल प्रिमियर लिगमा केही पर सारिने निश्चित भइसकेको छ । ३० दिनका लागि आराम दिइएको यी तीन क्लबहरुले १२ सेप्टेम्बरदेखि शुरु हुने लिगको नयाँ सिजनमा सहभागि हुन नपाउने निश्चित छ ।

त्यसैगरी प्रिमियर लिगभन्दा तल्लो डिभिजन च्याम्पियनसिप, लिग वान र लिग टु को खेलतालिकाहरु शुक्रबार सार्वजनिक गरिने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...