विश्व विजेता रोज सिटीमा आवद्ध

एजेन्सी । गत बर्ष फ्रान्समा सम्पन्न फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई चौथोपटक जिताउन महत्वपूर्ण भूमिका खेलेकी मिडफिल्डर रोज लेभले इङलिस क्लब म्यानचेष्टर सिटीमा आवद्ध भएकी छिन् ।

रोचक कुरा २५ बर्षिय रोजले गत साता मात्र अमेरिकी क्लब ओल रेनमा आवद्ध भएकी थिईन् । यद्यपि उनले तत्कालै सो क्लबसँग बाहिरी लिग खेल्न पाउने सहमतिमा समेत हस्ताक्षर गरेकी थिईन् ।

यद्यपि रोजले भविष्यमा सिटी कै लागि खेल्ने वा फेरि अमेरिकी लिगमै फर्किने कुराको निर्णय रेनले गर्न पाउने अधिकार समेत कायम छ ।

अमेरिकाको राष्ट्रिय टोलीका लागि ४५ खेल खेल्दै १२ गोल समेत गरेकी रोजले गत सिजन वाशिगंटन स्प्रिटका लागि खेल्दै टिम अफ द सिजनमा पर्न समेत सफल भएकी थिईन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...